१ सय २२ किलो गाँजा घरबाटै बरामद


हेटौंडा, (नेस) ।
गत शुक्रबार विहान करिब ४ बजे मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित प्रकाश मोक्तानले आफ्नो घरमा गाँजा लुकाइराखेको सूचना प्रहरीले पायो ।

उक्त सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटांैडा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा टोली खटियो ।

संयुक्त टोलीले करिब ३३ वर्षीय मोक्तानको घरमा चेक गर्दा ६ वटा बोरामा लुकाइराखेको लागुऔषध गाँजा १ सय २२ किलो १ सय ग्राम फेला पा¥यो ।

उनलाई गाँजासहित नियन्त्रणमा लिएरर जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मोक्तानलाई २ वर्ष देखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।