पत्रकार दबू ललितपुरको अधिवेशन कार्तिक १६ गते


न्युज अफ नेपाल, ललितपुर ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको तेस्रो अधिवेशन र छैटौंं साधारण सभा यही कार्तिक १६ गते शनिबार हुने भएको छ ।
पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले शाखाका सदस्यहरुसंग छलफल गरी सो मिति तय गरेको हो । समितिले शाखाको अधिवेशन तयारीका सम्बन्धमा शनिबार छलफल गरेको थियो ।

पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शाखाका सदस्यहरुलाई सम्मिलित गराई अधिवेशन तयारी समिति गठन गरेको जानकारी दिनुभयो ।

केन्द्रीय समितिको सचिवालय सदस्यहरुसहित छलफलमा उपस्थिति सबै शाखाका सदस्यहरुलाई समितिमा राखेको उल्लेख गर्दै अध्यक्ष महर्जनले संस्थागत विकासमा प्रतिबद्ध अन्य सदस्यहरु पनि समितिमा रहन सक्ने गरी निर्णय गरिएको बताउनुभयो ।

पत्रकार दबूको केन्द्र्रीय समितिको तेस्रो महाधिवेशन भने कार्तिक ३० गते हुने छ । हालसम्म काठमाडौं, भक्तपुर, काभ्रे, चितवन, गोरखा लगायत जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ ।