मनाइयो कण्डम दिवश


न्युज अफ नेपाल, महेन्द्रनगर ।

२५ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा कञ्चनपुरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइएको छ ।

‘दोहोरो सुरक्षाको लागि कण्डम प्रयोग गरौँ’ भन्ने मूल नाराका साथ पश्चिमी सीमा नाका गड्डाचौकी पनि दिवस अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

सहयात्रा नेपाल कञ्चनपुर र एनएनएसडब्लुएको संयुक्त आयोजनामा दिवसका अवसरमा गड्डाचौकी नाकामा अति जोखिममा परेका ९ जनाको रगत परीक्षण गरिएको सहयात्रा नेपालकी पूर्व–अध्यक्ष अरुणा सुवेदीले बताइन ।

यौनजन्य रोगहरुको बारे जनचेतनामूलक कार्यक्रम समेत गरिएको उनले बताइन । यस्तै कार्यक्रममा कण्डम समेत वितरण गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिका अन्तर्गतको हेल्थ डेक्स गड्डाचौकीका कर्मचारी ,सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमला ,कार्यक्रम संयोजक चाल्स बोन सिजापती एवंम एनएनएसड्ब्लुएका सिबिए मुकुन्द राज पन्त लगायतको सहभागीता रहेको थियो ।