नेकपाका संसद पार्वत गुरुङ अदालतमा हाजिर,आजै थुनछेक बहस

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । पक्राउ पुर्जी जारी भएका दोलखाबाट निर्वाचित नेकपाका संसद पार्वत गुरुङ आज स्वयम् काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोग लागेका गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

गुरुङ केहीबेर अघि आफ्ना कानुन व्यवसायीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । अब केही बेरमा उनीमाथि लागेको आरोपमा विषयमा काठमाडौं जिल्ला अदालतको ७ नम्बर इजलाशमा बहस हुने भएको छ ।