पर्वतमा ७० बर्षिय बृद्ध मृत भेटिए

0
Shares

दुर्गा प्रसाद शर्मा,पर्वत। पर्वतको कुस्मा नगरपालिका वडा नं १० कालीमाटीमा ७० बर्षिय बृद्ध मृत फेला परेका छन् । कुस्मा नगरपालिका वडा नं १० कालीमाटीका ७० बर्षिय बृद्ध झप्पडबहादुर बिक मृत फेला पर्नुभएको हो ।

साईकलचोक देखी ठुलिपोखरी जाने भित्री सडक खण्डबाट ७० मिटर तल बिकलाई मृत फेला पारिएको हो ।

बिकले अत्याधिक मादकपर्दाथ सेवन गरेका कारण मृत्यु भएको अनुमान गरिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।