नेकपाको एकता डेढ वर्ष पछि, चियापान कार्तिक ८ गते


मोतीराम तिमल्सिना,काभ्रे ।

नेकपा काभ्रेका नेताहरुलाई सपथ गराईएको छ । पार्टी एकिकरणको लामो समय पछि जिल्ला नेताहरुलाई प्रदेश नम्वर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ गराउनु भएको हो । प्रदेश नम्वर ३ का जिल्लाहरु मध्ये काभ्रेपलाञ्चोक जिल्ला एकिकरणको अन्तिम जिल्ला हो । सपथ लगत्तै जिल्ला कमिटीको पहिलो बैठक बसेको थियो ।


कार्यक्रममा इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ पछि प्रशिक्षण दिदै लामो समय रोकिएका पार्टीका कामहरुलाई अगाडी बढाउन निर्देशन दिनु भयो । जिल्ला कमिटीले पूर्णता पाएकाले अब स्थानीय तह, वडा तहमा संगठन विस्तारमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

पहिलो बैठकले एकता सहितको चियापान कार्यक्रम आगामी कार्तिक ८ गते विहिबार आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर २ को उप निर्वाचनको तयारी र तल्लो तहसम्म पार्टी एकिकरणको प्रकृया सक्ने निर्णय गरेको छ । कार्यक्रममा सहइन्चार्जत्रय हितमान शाक्य, हितमान तामाङ र काशिनाथ अधिकारी, प्रदेश न ३ अध्यक्ष नारायाण दाहाल, सचिव आनन्द पोखरेल लगायतले कमिटी पूर्णतासँगै एकताबद्ध भएर तल्लो तहसम्म संगठन विस्तारमा लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला इन्चार्ज एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकमा विधिको शासन स्थापित गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ । १२ बर्षपछि फौजदारी अभियोगमा सांसद अफताव आलम पक्राउ परेको बिरोधमा नेपाली काँगे्रसले सरकारले दमन गरेको सुशासन कायम नभएको आरोप लगाएको प्रति आक्रोस पोख्नुहुँदै गलत गर्नेलाई सरकारले नछाड्ने उद्घोष गर्नुभयो ।

मन्त्री बाँस्कोटाले गलत कुरा समाजमा स्थापित हुन नसक्ने बताउनुभयो । गलत कुरा समाजमा स्थापित हुन सक्दैन, म दोहो¥याउन चाहन्छु महासय नेपाली काँगे्रस भ्रममा पर्नुपदैन, हामी विधिको शासन स्थापित गछौँ । उहाँले यो कम्युनिष्ट पार्टीले निर्माण गरेको सरकार भएको तर कम्युनिष्ट पार्टीको सत्ता नभएकाले यहाँ कानुनी राज मात्र चल्छ भन्नुभयो ।

यो कानुनी राजभित्र कसैले उन्मुक्ती पाउँदैन । हिजो सभामुखको केस आउँदा उहाँहरुले कानुनी राज्य देख्नुभयो तर आज २२/२२ जना मान्छेलाई जिउँदै भट्टामा हालेर जलाएको आरोपमा सरकारले गिरफ्तारी गर्दा राज्य सयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन कायम भएन भनेर प्रश्न उठाउन मिल्छ ? भन्ने प्रश्न गर्नुभयो ।

एकातिर सुशासन स्थापनाको माग गर्ने अर्कोको तिर २२/२२ जनाको जीवन लिला समाप्त पार्ने समातिदा सुशासन भएन, दमन गरियो भन्ने प्रश्न उठाउने कुन लोकतान्त्रिक संस्कार हो ? उहाँले गलत गर्नेलाई कानुनी दायरामा ल्याउँदा सर्वसत्तावाद भने पनि, तानशाही भने पनि, फासिवाद भने पनि केही फरक नपर्ने तर विधिको शासन र कानुनी राज्य सरकारले स्थापित भने गरिछाड्ने छ भन्नुभयो ।

उहाँले कानुन सबैलाई बराबर लाग्ने भएकाले गलत गर्न जोसुकै भएपनि कानुनी दायारामा आउने बताउनुभयो । उहाँले पार्टी एकता सुरु भएकाले छुटेकालाई पनि निश्चित स्थानमा पार्टीले जिम्मेवारी दिने भएकाले धैर्यता गर्न अनुरोध गर्नुभयो । अब हामीले कामको प्रतिस्प्रर्धाबाट जनताको मन जित्नुपर्छ, अब राजनीतिक आन्दोलन सकिएकाले कामको प्रतिस्प्रर्धा भएकाले त्यस तर्फ सबैले ध्यान दिन सक्नुपर्छ भन्नुभयो ।

नेकपा काभे्रमा १२६ जनाको सपथ ग्रहण भएको जिल्ला कमिटी अध्यक्ष रुकु चौँलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालिन नेकपा एमालेबाट ६३ र माओवादीबाट ६३ चयन भएका छन । जिल्ला सचिव टोकबहादुर वाइवाले एमालेका तर्फबाट ७८ र माओबादीबाट ६८ सदस्य छनौट गर्न पाउनेमा बाँकी रहेका मनोनित गर्न बाँकी रहेको बताउनुभयो । एमालेबाट १५ र माओबादी केन्द्रबाट पाँच मनोनित गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।