राष्ट्रिय क्रिकेट फाइनलमा मकवानपुरको महावीर


हेटौंडा, (नेस) । बाराको कलैयामा जारी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मकवानपुरको महावीर क्लब फाइनल प्रवेश गरेको छ ।
शनिबारको सेमिफाइनलमा महावीरले बीरगञ्ज युथ क्लबलाई ३३ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको महावीरले २० ओभर खेल्दै सम्मानजनक १ सय २६ रनको योगफल तयार पा¥यो ।

महावीरका लागि विपुल खनाल (नटआउट) २३ रन, सन्तोष उपाध्याय (नटआउट) १७ रन र सुवर्ण भट्टले ३४ बलमा २१ रन जोड्न सफल भए । अन्य खेलाडी भने दोहोरो अंक जोड्न सफल भएनन्

१ सय २७ रनको टार्गेट पाएको बीरगञ्ज २० ओभर खेल्दै ९३ रनमा सीमित रह्यो। महावीरका तर्फबाट विपुल खनाल र सुवर्ण भट्टले समान ३ विकेट, उदित श्रेष्ठले २ विकेट लिए । प्रतियोगितामा म्यान अफ दी म्याच महावीरका विपुल खनाल घोषित भए ।

आइतबार दोस्रो सेमिफाइन युनाइटेड क्रिकेट क्लब बीरगञ्जविरुद्ध नेक्सस क्रिकेट एकेडेमी (काठमाडौं) बीच हुनेछ । उक्त विजेता टिमसँग महावीर उपाधिका लागि सोमबार भिड्ने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश नगदः १ लाख र ५० हजार रुपियाँ प्रदान गरिने छ ।