पूर्वाग्रहमुक्त अनुसन्धानमा सघाउँछौं : देउवा

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताएका छन् ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलमबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि देउवाले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका हुन् ।

कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने भन्दै उनले भने, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

आलमको मुद्दामा पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा कांग्रेसले सघाउने उनले बताएका छन् ।