त्रिविको प्रमाणपत्रमा भेटिएका तीन गलत स्पेलिङ

0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले दिएको प्रमाणपत्रमा त्रुटि भृटिएको छ। पनिकाले दिएको गरेको स्नातक तह अन्तर्गत कानुन संकायको प्रमाणपत्रमा त्रुटि देखिएको हो।

प्रमाणपत्रमा ‘प्रोभिजनल’ शब्दकोगलत स्पेलिङ गलत रहेको भेटिएको छ।‘पी आर ओ भी आई एस आई ओ एन ए एल’ हुनुपर्र्नेमा ‘पी आर ओ बी आई ओ एस आई ओ एन ए एल’ लेखिएको छ। भी लेख्नुपर्ने ठाउँमा बी लेखिएको छ।

त्यस्तै प्रमाणपत्रमा लेखिएको ‘ब्याच्लर अफ आर्टस् ब्याच्लर अफ ल’ मा पहिलो शब्दमा ब्याच्लको स्पेलिङ ‘बीएसीएचइएलओआर’ लेखिएको छ। तर दोस्रो शब्दमा ‘बीएसीएचइएलओआरएस’ लेखिएको छ। ‘एस’ बढी लेखिएको छ।

प्रमाणपत्रमा तेश्रो त्रुटि पनि छ। स्नातक शब्द जनाउन सर्टफर्ममा बीएएलएलबी लेखिएको छ। तर बी र ए को तथा एल र बीको बीचमा मात्र डट राखिएको छ।

विद्यार्थीले कुनै पनि तहको अध्ययन गरिसकेपछि एकमुष्ट नतिजा उल्लेख गरेर प्रमाणपत्र दिइन्छ। विद्यार्थीले स्वदेशी तथा विदेशी विश्वविद्यालयमा माथिल्लो तहको अध्ययन गर्नुपर्यो भने यही प्रमाणपत्रलाई मुख्य आधार मानिन्छ। तर गलत स्पेलिङ लेखिएका कारण विदेशी विश्वविद्यालयले नक्कली प्रमाणापत्र भएको शंका गर्छन्। जसले विद्यार्थीको भर्ना नै नहुने खतरा रहन्छ।