क्वेष्ट नेपालको १५ औ गुणीय चक्र राष्ट्रिय सम्मेलन भोलीबाट शुरु हुने


न्युज अफ नेपाल, ललितपुर ।

क्वालिटी सर्कल इन एजुकेशन फर स्टुडेन्ट्स पर्सनालिटी डेभलपमेन्ट (क्वेष्ट) नेपालको १५औ गुणीय चक्र राष्ट्रिय सम्मेलन भोलीबाट शुरुहुने भएको छ । कात्तिक २ देखि ४ गरी तीनदिन सम्म आयोजना हुने सम्मेलन ललितपुरका डिएभी स्कुलमा हुने भएको छ ।

सम्मेलनमा देशभरका १ सय ४० विद्यालयका करिब एक हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन् । विभिन्न २४ हवबाट छनौटमा परेका ६ सय छात्र र ४ सय छात्रा सहभागिता हुने सम्मेलनमा अमेरिका, भारत बंगलादेश गरी तीन देशका विज्ञहरु सहभागि हुने भएका छन् । सम्मेलनमा २ सय पर्यवेक्षकको सहभागिता रहने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलन का क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले ललितपुर र काठमाडौका सरकारी विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहने सम्मेलनमा झापा, सुनसरी, मोरङ, बारा, मकवानपुर, धनुषा,चितवन, नवलपुर, कास्की, स्याङजा, रुपन्देही, पाल्पा, धनगढी,काभ्रे काठमाडौ, भक्तपुर र ललितपुरका विद्यालयका विद्यार्थी सहभागिता हुने जानकारी दिनुभयो ।

स्कुले जीवनमा विद्यार्थीको क्षमता परीक्षण गरी सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रमको रुपमा रहेको क्वेष्ट प्राध्यापक दिनेशप्रसाद चापागाईले सन् १९९९मा नेपालमा भित्र्याउनु भएको हो ।

देशका विभिन्न विद्यालयमा नविनतम शैक्षिक कार्यक्रमको रुपमा भित्रिएको विद्यार्थी गुणीयचक्र कार्यक्रम हाल देशभरका २ सय भन्दा बढी विद्यालयमा सहायक पाठ्यक्रमको रुपमा विद्यार्थीको गुणीय चक्रको रुपमा प्रशिक्षण र पठनपाठन भैररहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्वेष्ट नेपालका का सचिव हिमबहादुर तामाङले विज्ञानलाई विवेक र दर्शनलाई विचारको रुपमा परिभाषित गरी विद्यार्थीले व्यवहारिक ज्ञानलाई आफैले प्रयोग सक्नेउद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी गराउनुभयो । उहाले सन् २००५ देखि नेपालमा गुणीय चत्र सम्मेलन आयोजना गर्दै आएको समेत जानकारी दिनुभयो ।

डिएभी कलेजका एकेडेमिक इन्चार्ज एवं सम्मेलनका को–कन्भेनर सुमन बस्नेतले सम्मेलनमा देशका विभिन्न विद्यालयका करिब ५० जना प्रिन्सिपल, १ सय ५० शिक्षक को सहभागिता रहने जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागि विद्यार्थी मध्य ६ सय आवासीय र ४ सय गैर आवासीय रहनेछन् । सम्मेलनमा कन्भेनरको भुमिका डिएभीका अध्यक्ष अनिल केडियाले गर्नुहुनेछ ।

मिडिया संयोजक एवं क्वेष्ट नेपालका सदस्य मोहनकुमार कार्कीले हरेक वर्ष विद्यार्थीको गुणीयचक्र प्रवद्र्धननका लागि स्थानीय र प्रदेश स्तरीय सम्मेलनपछि राष्ट्रिय सम्मेलन आयोजन गर्ने गरिएको जानकारी दिनुभयो ।

 

क्वेष्ट नेपालका निवर्तमान अध्यक्ष एवं सल्लाहकार निाराजन अधिकारीले विद्यार्थी गरेका प्रस्तुतीलाई विभिन्न क्षेत्रमा प्रयोग गरिने जानकारी दिनुभयो ।

‘समान विचार भएका शिक्षाविद द्धारा विद्यार्थीको गुणीयचक्र प्रचारर कार्यान्वयन गरी सार्थक समाजिक,असल र चलाख विद्यार्थी उत्पादन गर्न क्वेष्ट नेपालले महत्वपुर्ण भुमिका खेलेको छ– सल्लाहकार अधिकारीको भनाई छ ।

सन् १९६२ मा जापानको उद्योग वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धी गर्न लागु गर्न पहिलोपटक गुणीयचक्रको अवधारणा शुरु भएको हो । अहिले गुणीय चक्र विश्वका २५ देशमा लोकप्रिय छ ।

राष्ट्रय सम्मेलनमा विद्यार्थीले गुणीयचक्रको कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘गुणीयचक्र मार्फत करिब ६ महिना लगाएर तयार पारिएको कार्य र अध्ययन प्रतिवेदन यो सम्मेलनमा प्रस्तुत गरिनेछ’–सम्मेलनका संयोजक महर्जनले भन्नुभयो ।

समस्याको पहिचान, विश्लेषण र समाधान गर्नु यस्को मुख्य उद्धेश्य रहेको आयोजकले जनाएका छन् । सम्मेलनको उद्घाटन प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले गर्नुहुने छ । कात्तिक ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समापन गर्ने कार्यक्रम रहेको छ ।