एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राजधानीमा जारी नवौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

पन्तले कुल आचार्यलाई पराजीत गरेका हुन् । सत्तारुढ दल नेकपाले समर्थन पन्तलाई गरेको थियो भने विपक्षी दल नेपाली कांग्रेसको आचार्यलाई समर्थन  थियो ।

त्यस्तै संघको सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।