अब यसरी बन्दैछन् उड्ने बिद्युतीय कार

0
Shares

एजेन्सी । । अमेरिकाको हवाइजहाज निर्माता कम्पनी बोइङ र जर्मनीको लक्जरी कार निर्माता पोर्सले उड्ने विद्युतीय कार निर्माण गर्ने बताएका छन् ।

बोइङ र पोर्सले उड्ने विद्युतीय कारको अवधारणा बनाउन सहकार्य गरेका हुन्। ‘प्रिमियम एअर मोबिलिटी मार्केट’ का लागि यी दुई कम्पनीले सहकार्य गरेका हुन्।

दुवै कम्पनीका इन्जिनियरको सहकार्यमा उड्ने विद्युतीय कारको अवधारणा तयार हुनेछ। तर यो अवधारणा कार कहिलेसम्म निर्माण गर्ने भन्ने कम्पनीको तर्फबाट आधिकारिक धारणा आएको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पोर्स र बोइङले सन् २०२५ सम्म उड्ने विद्युतीय कारको अवधारणा तयार गर्नेछन्।पोर्स भर्खर ‘टाइकन ईभी’ मार्फत विद्युतीय सवारीमा प्रवेश गरेको छ।

कम्पनी आफ्नो उत्पादनलाई ग्राहकको चाहना अनुसार विविधिकरण गर्ने पक्षमा छ। विश्वका प्रमुख ठूला सहरमा सवारीको चाप बढ्दो छ।

यसको विकल्पको रूपमा उड्ने कारलाई हेरिएको छ। यसको विकल्पका रूपमा उड्ने कार हुन सक्ने पोर्सले सन् २०१८ मा गरेको अध्ययनले पनि देखाएको थियो। हवाइजहाजको तुलनामा उड्ने कार सस्तो र सुरक्षित हुनेछ।

उड्ने कार निर्माण गर्नेतर्फ अन्य विभिन्न कम्पनीले पनि काम गरिरहेका छन्। तर, हालसम्म व्यापारिक प्रयोजनका लागि उड्ने कारको प्रयोग भएको छैन। तर, अब निकट भविष्यमा उड्ने कारबाट मानिसको यात्रा सहज हुने अपेक्षा गर्न सकिन्छ।