सिरहामा ब्राउन सुगर सहित दुई युवक पक्राउ

0
Shares

सुभेन्द्र दास,लहान ।

सिरहा प्रहरीले ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ५ असनपुर स्थित इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका ५ का २४ वर्षीय मुनेश कुमार सिंह र गोलबजार ६ दोहटिया बस्ने २८ वर्षीय हरिश चन्द्र महतो रहेका छ्न् ।

उनीहरुको साथबाट प्लाष्टिकको पोकामा तयार पारीएको लागु औषध (ब्राउन सुगर) ४३० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यसैगरी उनिहरुले प्रयोग गरेको स.३ प. ७६०८ नं. को मोटरसाइकल समेत बरामद गरेको थियो ।

उनहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।