राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ तालिम दिने


राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को शुरूवात गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसको शुरूवात गरेको बिहीबार जानकारी दिएको हो।
फाइनान्सियल ट्रेनिङ सेन्टरको रूपमा अगाडि लैजाने उद्देश्यले शुरू गरिएको यस एकेडेमीबाट युवावर्ग लाभान्वित हुनेछन्।

यस एकेडेमीले २०७६ कार्तिक १ गतेबाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा संचालन गर्दैछ।

पहिलो चरणको ट्रेनिङ, प्रदेश नं.३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरूलाई मात्र लक्षित गरी आवेदन आह्वान गरिएको छ। वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीले यसबाट लाभ लिन सक्नेछन्।

वित्तीय क्षेत्रका अनुभवी बैंकरहरूद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाडांैस्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गको वृतिविकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै यो तालिम केन्द्रको शुरुवात गरिएको कुरा बताउनुभयो।