स्वस्थ आहार भोकमुक्त संसार



विश्वनाथ खरेल

विश्व खाद्य दिवस दुई दिनअघि बुधबार सम्पन्न भयो। यस वर्ष खाद्य तथा कृषि संगठनले ‘स्वस्थ पोषणयुक्त भोजन भोको व्यक्तिमुक्त विश्व हाम्रो प्रयोजन’ नारा तय गरेको थियो। सदस्य राष्ट्रहरूले उक्त नारालाई आधार बनाएर आ–आफ्नो देशको नारा बनाए। नेपालले उक्त नारालाई नेपालीकरणमा परिमार्जित तथा परिष्कृत गरी ‘हाम्रो पहल ः स्वस्थ्य आहार, भोकमुक्त संसार’ बनायो।

विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्नसकिने उल्लेख गरेको छ। समाजमा विद्यमान परम्परागत ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश कृषकहरूलाई कुपोषण बारेमा केही थाहा छैन। हालको शहरीकरणको क्रमसँगै अर्थव्यवस्थाको वृद्धिको शुरुआत भइरहेको छ। यसका लागि आधुनिक आपूर्ति, खाद्य भण्डारण, वितरण प्रणाली एकसाथ लैजानुपर्ने हुन्छ।

अस्वस्थ आहारहरू अब विश्वव्यापी रोग र मृत्युका लागि एक प्रमुख जोखिम कारक भएको छ। स्वस्थ र दिगो आहारहरू किफायती र सबैका लागि पहुँचयोग्य बनाउनु अत्यावश्यक भइसकेको छ। स्वस्थ आहारका लागि सुझावहरूमा सक्रिय जीवन बिताउन र रोगको जोखिम कम गर्न पर्याप्त, सुरक्षित, पौष्टिक र विविध खाद्य पदार्थहरू खानुपर्ने हुन्छ। कुपोषणको विभिन्न रूपहरू छन्, त्यसलाई बेलैमा निराकरण गर्न लाग्नुपर्दछ।

त्यस्तै गरी कुपोषणले पनि तीन जनामध्ये एक जनालाई असर गरिरहेको छ। यसको साथसाथै विविध कारणले गर्दा बढी बजन र मोटोपन हुनसक्छ। एक अस्वस्थ्यकर आहार ह्दयरोग, मधुमेह, क्यान्सर आदिको कारण हुनसक्छ। त्यस्तै गरी अर्को संक्रमित रोगहरूबाट पनि मृत्यु हुनसक्दछ।

मोटोपन घटाउन विश्वमा २ खर्ब अमेरिकी डलरसम्म खर्च गरिएको छ। यसमा के कारण भइरहेको छ भन्ने कुरालाई हेर्ने हो भने भूमण्डलीकरण, शहरीकरण र आयवृद्धिको परिणामस्वरूप नाटकीयरूपमा हाम्रो आहार र खाने बानीहरू परिवर्तन भएको हुनाले यस्तो भएको हो।

खानेकुरा खाँदा मौसमी बोटमा आधारित र फाइबरयुक्त पकवानलाई प्राथमिकता दिनुपर्छ, जसमा उच्च क्यालोरी पाइन्छ। मानिसहरूले घरमा आफूलाई चाहिने खाना आफैले तयार गरेर खाएको खण्डमा स्वस्थकर हुन्छ। उपभोक्ताहरू, विशेष गरी शहरी क्षेत्रहरूमा, बढ्दो सुपरमार्केटहरू, फास्टफुड आदि छन्।

त्यसको खानाले शरीरलाई बेफाइदा गर्दछ। यी सबै कारणले गर्दा धेरैजसो विश्वमा स्वस्थ आहारहरूमा उपलब्धता र पहँुचको ग्यारेन्टी गर्नु एउटा ठूलो चुनौती भइसकेको छ। सीमित वित्तीय स्रोत– साधनको कारणले मानिसहरू कृषि उत्पादनलाई राम्ररी व्यवस्थापन गर्न सकिरहेका छैनन्। यसअलावा बेलाबेलामा हुने द्वन्द्व, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको प्रभावको कारण पनि यस्तो हुन गएको देखिन्छ।

जहाँ ग्रामीण क्षेत्रमा धेरै संख्यामा सानास्तरका कृषकहरू बस्दछन् उनीहरूका लागि ताजा र पौष्टिक खानाको अभाव हुन्छ। यी विविध कारणहरूले गर्दा उत्पादन, आपूर्ति र उपभोग गर्ने तरिकाको पनि परिवर्तन गर्न आवश्यक भइसकेको छ।

त्यसै गरी जैविक विविधताको कारणले गर्दा पनि धेरै खाद्यान्नका प्रजातिहरू लोप हुने अवस्थामा पुगिसकेका छन् जसले गर्दा हाल विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने गहुँ, मकै र चामलको खाद्यान्नमा मात्र निर्भर रहेका छन्।

यसको साथसाथै कुपोषणका लागि समाजले बढीभन्दा बढी लगानी गर्नुपर्ने स्थिति भएको छ। विश्वका प्रत्येक पाँच वर्षमुनिका चार बालबालिकामध्ये एकजना कुपोषणले ग्रसित छन्। यस्ता खालका बालबालिकाहरू संसारमा १६ करोड ५० लाख छन् जो सामान्य शारीरिक र मानसिकरूपमा क्षमतावहन गर्न सक्दैनन्। त्यसरी नै विश्वमा झन्डै दुई अर्ब मानिस अति आवश्यक भिटामिन, खनिज पदार्थ आदिको कमीबाट बाँच्न वाध्य भएका छन्।

त्यसै गरी विश्वमा १ दशमलव ४ अर्ब मानिस मोटापनको शिकार हुनपुगेका छन् जसमा लगभग एकतिहाइ धेरै मोटा व्यक्तिहरू रहेका छन्। उनीहरूमा मुटुसम्बन्धी समस्या छ, खास गरी मधुमेह र अन्य शारीरिक समस्याबाट ग्रसित रहेका छन्। कुपोषणले गर्दा विश्व अर्थतन्त्रको आय पाँच प्रतिशतले घट्ने कुपोषणमा खर्च हुने गर्दछ। त्यसलाई अर्को शब्दमा भन्नुपर्दा ३ खर्ब ५० अर्ब डलर खर्च हुन्छ वा पाँच सय डलर प्रतिव्यक्ति खर्च हुने गरेको छ।

समाजमा विद्यमान कुपोषण हटाउनु ज्यादै चुनौतीपूर्ण कार्य हो। तर यसको प्रतिफल लागतभन्दा बढी छ। कुपोषण हटाउन विश्व समाजले प्रतिवर्ष १२ करोड डलर पाँच वर्षका लागि खर्च गरेका छन् र यसबाट वार्षिक लगभग १५ दशमलव ३ विलियन डलर फाइदा हुन्छ।

यसको सही प्रयोग हेर्ने हो भने १३ गुणाले फाइदा भएको देखिन्छ। स्वस्थ्य आहार र गुणात्मक खानाले मात्र सन्तुलित भोजन हुनसक्दछ। विश्वभरका खाद्य विशेषज्ञहरूले विभिन्न किसिमका फलफूल, ताजा तरकारी आदिको दैनिक सेवनबाट नै स्वस्थ्य शरीर निर्माणका लागि सहयोग पुग्ने कुराहरू औंलाएका छन्।

कुपोषणको मूल कारण धेरै छन् र व्यापक क्षेत्रमा रहेको छ जसलाई सामाजिक, आर्थिक, राजनीतिक र भौतिक वातावरण आदि क्षेत्रमा रहेको छ। यसका लागि सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रमा, प्राकृतिक संसाधन प्रवद्र्धन, कृषि र खाद्य प्रणालीमा समेत उपाय अपनाएर यस्ता समस्याहरूलाई बेलैमा निराकरण गर्नुपर्ने हुन्छ। अतः अझ राम्रो भविष्यका लागि पोषणमा लगानीका नाराका साथ मनाइएको यो दिवसमा पोषणयुक्त खानाले व्यक्ति, समाज र अर्थतन्त्रलाई नै रूपान्तरण गर्ने कुरामा जोड दिइएको छ।

पर्याप्त पोषणको अभावमा केटाकेटीहरूको स्वास्थ्यमा समस्या आउने गरेको उल्लेख गर्दै त्यसले भविष्यमा उनीहरूको कार्यक्षमतामै प्रतिकूल असर पर्ने विश्व खाद्य कार्यक्रमको कार्यकारी निर्देशक इर्थरिन कोपसिनले जनाउनुभएको छ।

पोषणयुक्त खानामा अहिलेको लगानी प्राथमिकताले भोलिको सामूहिक विश्वलाई राम्रो बनाउने भन्दै उहाँले लगानी खानाका साथै कृषि, स्वास्थ्य र शिक्षामा पनि हुनुपर्ने कुरामा जोड दिनुभएको छ।

अन्त्यमा, स्वस्थ आहार प्रदान गर्न र वातावरणको सुरक्षाका लागि विभिन्न प्रकारका खाद्य पदार्थहरू महँवपूर्ण हुन्छन्। हरित क्रान्तिपछि आधा शताब्दीअघि कसरी बढ्दो विश्व जनसंख्यालाई खुवाउने भन्ने चिन्ताको कारण हरित क्रान्ति भयो, जबकि कृषि उत्पादन र खाद्यान्न वितरणमा द्रुत विस्तार भयो जसले गर्दा अर्बौं मानिसलाई भोकमरीबाट रोक्न मद्दत पुगेको छ।

तर समयको अन्तरालसँगै कृषि विकास अभ्यासका कारणले प्राकृतिक स्रोतहरू जस्तै माटो, पानी र वायुको गुणस्तरमा सकारात्मक प्रभाव या नकारात्मक प्रभाव के परेको छ सोहीअनुसार बाली उत्पादन बढ्ने या घट्ने हुन्छ।

यसका लागि पनि जलवायु परिवर्तनले ठूलो प्रभाव पार्दछ जसले गर्दा जलवायु अनुकूल भएको खण्डमा कृषि उत्पादन वृद्धि गर्नमा मद्दत पुर्याउँछ। विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ।

समाजमा विद्यमान परम्परागत ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश कृषकलाई कुपोषण बारेमा केही थाहा छैन। हालको शहरीकरणको क्रमसँगै अर्थव्यवस्थाको वृद्धिको शुरुआत भइरहेको छ। यसका लागि आधुनिक आपूर्ति, खाद्य भण्डारण, वितरण प्रणाली एकसाथ लैजानुपर्ने हुन्छ।

कृषकवर्गको हितलाई ध्यानमा राखेर कम आयमा उत्पादन गरेको खाद्यान्नलाई सकभर कम मूल्यमा बिक्री वितरण गर्नसके उपभोक्तालाई राहत हुनजान्छ। यसले गर्दा कृषकहरूको आर्थिक वृद्धिमा टेवा पुग्ने हुन्छ। मानवलाई आवश्यक पर्ने दूध, फुल, माछामासु, फलफूल, तरकारी आदि पौष्टिक तँवको गुणस्तरीय प्याकेजिङ व्यवस्था राम्रो हुनुपर्छ। प्रायः गरी अधिकांश कृषकहरू ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएकाले सुपर मार्केटिङभन्दा स्थानीयस्तरमा बजारको बढी महँव रहेको छ।

खाद्यान्नको स्तरलाई मूल्यांकन गर्ने हेतु प्रथम पोषण सम्मेलन सन् १९९२ मा भएको थियो। हालको दशकमा केही राष्ट्रहरूले कुपोषणमा महँवपूर्ण कटौती हासिल गरेका छन्। तर प्रगति असमान किसिमको छ र राम्रो पोषणका लागि राम्रो भोजन व्यवस्थापनको उपभोग गर्नुपर्ने जरुरी छ।

यसको साथसाथै कुपोषण र यसको मूल कारणहरू जटिल छन्। यसका लागि धेरै क्षेत्र र अभिनेताको सहयोगको जरुरी पर्दछ। त्यसकारण प्रभावकारी नियोजन, सहयोग, समन्वयको साथमा सही तथ्यांक, आम दृष्टि, कुशल प्रशासन र सबभन्दा महँवपूर्ण राजनीतिक नेतृत्व हुनु अति आवश्यक छ।

त्यसै गरी हाम्रो देशको कुरा गर्ने हो भने खाद्यसंकट उत्पन्न हुनुको प्रथम कारण जलवायु परिवर्तन हो। यसका कारण अहिले विश्वमा खाद्य उत्पादन अत्यन्तै न्यून हुँदै गएको छ। प्रतिकूल असर पार्ने सबैभन्दा प्रमुख कारकतँवका रूपमा अहिले जलवायु परिवर्तनलाई मानिएको छ। एसियाली विकास बैंकले हालै गरेको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियाका अधिकांश मुलुकले खाद्यान्न र पिउने पानीको अभाव झेल्नुपरिरहेको छ।

जलवायु परिवर्तनकै कारण विश्व तापक्रममा भएका वृद्धिले नेपाल, भारत, अफगानिस्तान र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकमा हिमाल पग्लने, बाढी, पहिरो, खडेरी र बेमौसमी तथा असन्तुलित वर्षा जस्तो प्राकृतिक प्रकोपका कारण खाद्यान्न उत्पादनमा कमी आइरहेको छ। अर्को दोस्रो प्रमुख र जल्दोबल्दो कारण भूमिको असमान वितरण पनि हो।

प्राप्त जानकारीअनुसार करिब ४७ प्रतिशत कृषक परिवारसँग जम्मा ५ प्रतिशत मात्र जमिन छ भने धनी किसानहरूले ३७ प्रतिशत जमिन ओगटेर बसेका छन्। ७० प्रतिशतभन्दा बढी गरिब किसानसँग एक हेक्टरभन्दा कम भूमि छ जसबाट हुने उत्पादनले वर्षभरिको खाद्य आवश्यकता परिपूर्ति गर्न सक्दैन। त्यसमाथि बढ्दो अव्यवस्थित शहरीकरणसँगै जग्गाको खण्डीकरण बढ्ने क्रमले दिन दुईगुना र रात चौगुनाको दरले खेतीयोग्य जमिनमा भौतिक संरचनाहरू निर्माण भइरहेका छन्।

केही वर्षयता आएर बचेखुचेको त्यही खेतीयोग्य जमिनको माटोमा पनि अम्लीयपन बढिरहेको वैज्ञानिक अध्ययनले देखाएको छ। अतः विश्वमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्य सुरक्षा खस्कँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन्। खाद्य सुरक्षा क्षेत्रमा काम गर्ने विभिन्न निकायले खाद्य अभावका कारण विश्वमा हजारौं व्यक्तिको ज्यान गइरहेको र यो संख्या अझै बढ्नसक्ने चेतावनीसमेत दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्