स्तन क्यान्सर सम्बन्धी शिविर सम्पन्न

0
Shares

काठमाडौं (नेस) । हरेक महिना आयोजना गर्दै आएको स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, हरिसिद्धिमा भएको सो कार्यक्रममा महिलाको स्तन क्यान्सरको परीक्षण (म्यामोग्राम) शिविर सम्पन्न गरिएको हो।

कार्यक्रममा अस्पतालका सर्जिकल अकोलोजिस्ट डा. कपिन्द्रशेखर अमात्यले स्तन क्यान्सरबारे मन्तव्य राख्नुभएको थियो। अस्पतालका प्रमुख कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर रोगको उपचार नेपालमै सम्भव भएको, क्यान्सर रोगबाट बच्न सफल हुने महानुभावहरुले समाजको अगाडि रोगमाथि विजयी भएको कुरालाई अरूसँग बाँड््न सक्नुपर्छ भन्नुभएको थियो।

अरू क्यान्सर रोगीका बिरामीले उनीहरूबाट प्रेरणा र हौसला प्राप्त गर्न सक्नेछन्। उक्त कार्यक्रममा बाग्लुङ समाज केन्द्र, महिला समूह तथा इनरहिल क्लब बालाजुका २५ जना महिलाले म्यामोग्राम गरेका थिए।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको आयोजनामा नेपाल अर्वुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको संयोजनमा उक्त शिविर राखिएको थियो। काठमाडौं जिल्ला शाखाका सभापति अजय सिंह सुवाल, उपसभापति डा. विमला शाक्य, सचिव दिव्यरत्न बज्राचार्यसहितको सहभागिता भएका थिए।