महराद्वारा रोशनीको कोठामा गएको स्वीकार

0
Shares

काठमाडौं, (नेस)।प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको कोठामा गएको स्वीकार गर्नुभएको छ।
गत असोज १९ गते पक्राउ परेका महराले यसअघि आफू शाहीको कोठामा नगएको दाबी गर्दै आउनुभएको थियो।

तर उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीलाई भने महराले शाहीको कोठामा गएको स्वीकार गर्नुभएको छ। प्रहरीलाई दिएको बयानमा महराले आफू शाहीको कोठामा गएको भए पनि अप्रिय कुनै घटना नभएको दाबी गरेको एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।