रविलाई विदेश जान खुला

0
Shares

हेटौंडा, (नेस)।उच्च अदालत पाटनको हेटौंडा इजलासले शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणमा मुछिएका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले उपचारका लागि विदेश जान पाउने आदेश गरेको छ।

सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेशविरुद्ध पेस गरेको निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजलासले उहाँहरूलाई औषधी उपचारका लागि विदेश जान रोक नलगाउन आदेश जारी गरेको हो।