‘सीको भ्रमणले नेपालप्रति सम्मान बढ्यो’

0
Shares

काठमाडौं, (नेस)।सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको बताउनुभएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भन्नुभयो ‘चिनियाँ राष्ट्रपति भ्रमण हरेक हिसाबले सम्पन्न भयो।’

राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास बढेको उहाँले बताउनुभयो। ‘यो भ्रमणले नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिएको छ,’ उहाँले भन्नुभयो ‘अनेक कोणबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा कभरेज भएको छ।’

नेपाल अब भू–जडित हुने राष्ट्रपति सीबाट प्रतिबद्धता व्यक्त भएको अवस्थामा सम्भावनाको ढोका खुलेको पनि उहाँको भनाइ थियो। भ्रमणबाट कनेक्टिभिटीका लागि रेल वे, विद्युत, सञ्चारलगायत क्षेत्रमा फाइदा हुने पनि प्रवक्ता बाँस्कोटाले बताउनुभयो।