लिटिल बडीको प्रि स्कुल सेवा नेपालमा


न्युज अफ नेपाल, काठमाडौं ।

प्रि स्कुलको पढाईको लागि विश्वसनीय संस्था लिटिल बडीले नेपालमा पनि सेवा प्रारम्भ गरेको छ । बेलायति शैलीमा पढाइ हुने सो प्रि स्कुलको कार्यालय भारत र बेलायतमा छ । संस्थाले आज राजधानीमा कार्यक्रम गरेर सेवा प्रारम्भको घोषणा गरेको हो ।

नक्सालको काठमाडौं मेरिअट होटलमा आयोजित एक कार्यक्रममा सेवा प्रारम्भको घोषणा गरिएको हो । “विद्यार्थी केन्द्रित सिकाइको अभियानमा एउटा इट्टा थप्ने उद्देश्यले हामीले लिटिल बडीलाई नेपालमा भित्रयाउन लागेका हौं” लिटिल बडी नेपालका निर्देशक दिनेश लामाले भन्नुभयो ।

सेवा प्रारम्भसंगै लिटिल बडीको लोगोमा नेपालमा प्रि स्कुल सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थालाई अनुमति लिन सजिलो हुने आयोजकले विश्वास लिएको छ । कार्यक्रममा पुर्वनेपा सुन्दरी श्रृखला खतिवडाले वालवालिकाको भविश्य निर्माणमा संस्थाको मुख्य भुमिका रहने चर्चा गर्नुभयो । उहाले भन्नुभयो–हामी बच्चा हुदा खुला क्षेत्रमा खेल्ने गरेका थियौ, अहिले प्रिस्कुलले ज्ञान संगै खेलकुदको विकास गरेको छ ।

यस संस्थाको चेन भित्र रहेर सञ्चालन हुने स्कुलमा विद्यार्थीलाई कितावी भन्दा व्यवहारिक ज्ञानमा आधारित रहेर पढाइन्छ । अर्लि इअर फाउन्डेसन स्टेज (इवाइएफएस) पाठ्यक्रममा आधारित रहेर पढाइ हुने हुनाले यो संस्थाको चेनमा रहेर पढाइ हुने स्कुलको सिकाइ स्तरिय हुने आयोजकले विश्वास लिएको छ ।

विशेषगरि डेढ वर्षदेखि पाँच वर्ष अवधिका विद्यार्थीको सीप, ज्ञान तथा आफूले जानेको विषयलाइ आफै प्रस्तुत गर्न सक्नेगरि यो पाठ्यक्रम तयार गरिएको छ ।

यसले विशेषत सात विधामा जोड दिन्छ । यसमा विद्यार्थीको रुचि र आवश्यकतालाई प्राथमिकता दिइन्छ । सहजकर्तालाई पनि विद्यार्थीकै रुचि अनुसार पढाउन सजिलो हुनेगरि पाठ्यक्रम तयार गरिएको संस्थाका अर्का निर्देशक महेश घिमीरेले जानकारी दिनुभयो । लिटिल बडी अन्तर्गत अहिले भारतमा मात्र ६१ वटा विद्यालय सञ्चालनमा छ । छिट्टै दक्षिण यसियाका अन्य मुलुकमा समेत सञ्जाल विस्तार गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ ।