ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहार गरेको भन्दै तालिम केन्द्रका असई समातिए


न्युज अफ नेपाल, बाँके ।

नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्र भित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको भन्दै तालिमक केन्द्रमै कार्यरत नायब निरीक्षक (सई) बमबहादुर राना पक्राउ परेका छन् ।

आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले रानालाई पक्राउ गरिएको पुष्टि गर्दै पिडितले जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेको बताए ।

उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन म्याद थप भइसकेको छ ।