रोशनीको डेरामा गएको महराद्धारा स्वीकार, अब के हुन्छ ?


न्युज अफ नेपाल, काठमाडौं ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अझै औपचारिक रुपमा बयान लिएको छैन ।

गत १९ असोजमा पक्राउ परेका महरालाई गत मंगलवार अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।

पक्राउ परेको ११ दिन बितिसक्दापनि महराको औपचारिक बयान अझै शुरु भएको छैन । प्रहरीले भने महरा बिरामी परेका कारण वयान लिर्न नसकिएको बताएको छ ।

अदालतले अनुसन्धानको लागि प्रहरीलाई दिएकोे म्याद सकिन अब एक दिनमात्र बाँकी छ । तर, काठमाडौं प्रहरीले उनको बयान भने नसकिएको जनाएको छ । प्रहरी स्रोतका अनुसार महराले रोशनी शाहीको कोठामा गएकोे प्रारम्भिक सोधपुछका क्रममा स्वीकार गरेपनि सम्पूर्ण बयान भने सकिएको छैन ।

‘हामीले सामान्य सोधपुछ गरेका छौ, रोशनी भेट्न गएको हो भनेर स्वीकार गर्नुभएको छ । बाँकी बिरामीका कारण सोधपुछकै क्रममा छौं,’ प्रहरी स्रोतले भन्यो ।

महरालाई काठमाडौं जिल्ला अदालतले मंगलबार थुनामै राखेर अनुसन्धान गर्न भन्दै १३ दिनको समय दिएको थियो । महरा १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।