फुटसलमा गार्डेनलाई उपाधि

0
Shares

नेपाल समाचारपत्र, धरान।खरानी गाइज धरान १६ द्वारा आयोजित दशैं–तिहार खुला फुटसल प्रतियोगितामा धरान १३ का गार्डेन एफसीले ग्याटिस एफसी धरान १५ लाई ६–० ले हराउँदै उपाधि जितेको छ।

गार्डेनलाई उपाधि दिलाउन रीवस मास्केले ह्याट्रिक गरे भने मिलन लिम्बूले २ र सुदिप गुरुङले १ गोल गरेका थिए। टोलीले पहिलो पुरस्कार नगद ३५ हजार प्राप्त गर्दा ग्याटिसले २५ हजार रुपियाँ हासिल गर्यो। फाइनलका म्यान अफ दि म्याच रीवस घोषित भए।

प्रतियोेगिताको उत्कृष्ट खेलाडी इचिके राई र उत्कृष्ट गोलकिपर सचिन श्रेष्ठ घोषित भएका छन्। उनीहरूले जनही नगद २ हजार प्राप्त गरेका छन्। तीनै खेलाडी गार्डेनका हुन्।