बिप्लवका कमाण्ड इन्चार्ज सहित २१ जना दाङबाट पक्राउ

0
Shares

नरेन्द्र केसी,दाङ ।

बिप्लव नेकपाका केन्द्रिय नेताहरु दाङबाट पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका ४ मुङ्रेटाखोलाबाट राप्ती ब्यूरोको बैठक बसिरहेको बेला राति १ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनु भएको छ ।

पक्राउ पर्नेमा केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द, राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठालगायत रहेका छन् ।

पक्राउ पर्नेमा विप्लव राप्तीका सबै जिल्लाका इन्चार्ज र सेक्रेटरी रहेका छन् ।कमान्ड इन्चार्ज चन्द विप्लवका सहोदर दाइ हुन् । ब्यूरोको बैठक नै कब्जामा परेको यो विप्लव नेकपाकै इतिहासमा पहिलो घटना हो ।