पत्रकार हुँ भन्दै डा. अग्रवाललाई मोसो दल्ने पक्राउ

0
Shares

भगवती तिमल्सिना,काठमाडौँ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा गत भदौ २९ गते पत्रकार हुँ भन्दै अन्र्तवार्ताका लागि भनी समय लिएर डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालकै कार्यकक्षमा बसी उहाँमाथि दुर्व्यवहार गरेको आरोप लागेका विजय थापालाई मंगलबार प्रहरीले पक्राउ परेकोछ ।

यसअघि पनि हातहतियार तथा खरखजानालगायत विभिन्न कसुरमा पक्राउ परी पटकपटक जेल सजायँ समेत भोगिसकेका र विभिन्न जिल्लामा मुद्दा खेपिरहेका थापा मंगलबार साँझ काठमाडौंको महाराजगन्ज क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

एक महिना पुरानै घटना हो । सिसी क्यामरामा घटनाको दृश्य कैद भएको र सोही आधारमा थापाको पहिचान गरि पक्राउ गरेको प्रहरी परिसर महाराजगंले जनाएको छ ।

डा.अग्रवाललाई कालोमोसो दलेर थापा भागेको थियो । प्रहरीले खोजतलास गरि पत्ता लगाई पक्राउ गरेको र पिडित पक्षको जाहेरी महानगरिय प्रहरी परिसर महाराजगंजमा दर्ता भैसकेको छ ।

जाहेरीको आधारमा आरोपित थापालाई अभद्र व्यवहारमा मंगलबारै मुद्धा दर्ता भैसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले छानविनपछि फैसला गर्ने डिएसपी दिनेश लम्सालले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

कानूनविद् दीपेन्द्र थापाका अनुसार अभद्र व्यवहार गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरि कसैलाई अभद्र व्यवहार गर्न हुँदैन यदि कसैले गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक बर्ष सम्म कैद वा दश हजार रुपैया संम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेकोछ ।

एक महिना सम्म लुकीछिपी बसेका थापाले चिकित्सा शिक्षाका अभियन्ता डा.केसीको १६ औं अनसनका क्रममा इलाम पुगेर काउन्टर अनसन बसेका थिए ।

उनी राजनैतिक रुपमै आरक्षण पाएका व्यक्ति भएकाले पटक पटक यस्ता घटना घटाउने कार्यमा संलग्न हुने र राजनैतिक दबाबकै आडमा छुट्ने गरेका व्यक्ति भएको बुझिएको छ ।

पछिल्लो समय चिकित्सा शिक्षाको परिक्षाको तयारी भैरहेको समयमा डीनमाथी कालोमोसो दलिनु चिकित्सा शिक्षालाई अमर्यादित बनाउन खोज्ने ठूलै शक्तिको नियोजित कार्यक्रम भएको विज्ञहरुको ठम्याईछ ।

इलाममा उनी डा. केसीको अनशन तुहाउन सत्तापक्षकै सहयोगमा मेडिकल माफियालाई सघाउने उदेश्यले डा.केसीको सत्याग्रहविरुद्ध अनशनमा बसाएको चर्चा चलेको थियो । ओखलढुंगा जन्मस्थान भएका थापा हाल स्थायी रुपमै काठमाडौंको कपनमा बस्दै आएको प्रहरीले जनाएकोछ ।

थापाले मंगलबार दिउसो रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि सो घटनाको जिम्मा लिएको बुझिएको छ । यति लामो समयसम्म प्रहरीले पक्राउ गर्न नसकेका व्यक्ति खुलेआम घटनाको जिम्मेवारी लिँदै पत्रकार सम्मेलन गरेपछिमात्र पक्राउ परेका हुन् ।