मध्यपहाडी लोकमार्गको निर्माणाधीन पुल अलपत्र

0
Shares

नेपाल समाचारपत्र, खोटाङ।मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलामा पुल निर्माणको काम अलपत्र परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइ भएको पुल ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको हो।

निर्माणको ठेक्का लिने सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण डेढ वर्षदेखि सो पुल अलपत्र परेको छ। २०७५ साल असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हाल दुईतर्फको पिलर मात्र ठड्याइएको छ।

२ करोड २९ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०७२ साल असोज ७ गते पुल निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न भएको थियो। ठेकेदारले करिब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको मध्यपहाडी सडक आयोजना पूर्वीखण्डका इन्जिनियर दिपक खड्काले बताउनुभयो।पुल निर्माणको काम अलपत्र परेपछि १५ दिने सूचना प्रकाशित गरेपछि बल्ल ठेकेदार सम्पर्कमा आएको इन्जिनियर खड्काको भनाइ छ।