अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।विज्ञान तथा प्रविधि क्षेत्रको विकासका विषयका विश्वभरका युवा वैज्ञानिकले नेपालमा छलफल गर्र्ने भएका छन्। नेपालसहित १२ देशका करिब ३ सय युवा वैज्ञानिकले विज्ञानको प्रगति, विकास र आविष्कारको विषयमा छलफल गर्नेछन्।

आउँदो कात्तिक ४ देखि ६ गतेसम्म हुने विज्ञान प्रविधि र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्मेलनमा विविध विषयमा छलफल गरिने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले विज्ञान प्रविधि र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन पहिलो भएको दाबी गर्नुभयो।

‘सहभागीको विचारमार्फत मुलुकभित्र रहेका युवालाई नविनतम् कामका लागि अभिप्रेरित गर्न र नीति निर्माण तहमा समेत सुझाव प्राप्त हुने अपेक्षा गरिएको जानकारी उपकुलपति डा. श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार स्वदेशभित्र तथा बाहिर रहेका उत्कृष्ट नेपाली तथा विदेशी वैज्ञानिक तथा प्राविधिज्ञ, प्राध्यापक, पेसागत समूहका प्रतिनिधि, उद्योगी, व्यवसायी, नीति निर्माता, सरकारी अधिकारीको सहभागिता रहनेछ।

सम्मेलनको नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद् मुख्य आयोजक रहेका छन्। सम्मेलनमा एसिया, युरोप, अस्ट्रेलिया तथा अमेरिकासहित १२ मुलुकका युवा वैज्ञानिक सहभागी हुने भएका छन्।

आयोजक रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले यस सम्मेलनले स्वास्थ्य एवं औषधि, जल एवं ऊर्जा, खाद्य एवं कृषि, यातायात एवं पर्यटन, सूचना एवं सञ्चार प्रविधि, वातावरण, विपद् जोखिम न्यूनीकरण, मौलिक ज्ञान एवं प्रविधि, आधारभूत एवं व्यावहारिक विज्ञान, उदीयमान प्रविधि, स्वच्छ एवं हरित विज्ञान, अर्थशास्त्र तथा व्यवस्थापन, नीति तथा दर्शनशास्त्रसम्बन्धी प्रस्तुतिहरू समेटिने बताउनुभयो। उ

हाँले गैरआवासीय नेपालीको तर्फबाट २५ जना वक्ता सहभागी हुनेछन्।सम्मेलनबाट प्राप्त भएका निष्कर्ष सरकारलाई बुझाउने योजना रहेको आयोजकले जनाएको छ। सम्मेलन अवधिभर ६५ वटा कार्यपत्र प्रस्तुत हुनेछ। ५० वटा पोस्टर प्रस्तुति, १८ वटा विषयगत प्रस्तुति रहनेछन्।