नेपाल भ्रमण गर्न आग्रह

0
Shares

सर्बिया, (नेस)। अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरूलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ।

भ्रमण वर्ष–२०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रवद्र्धन सामाग्री हस्तान्तरण गरिएको हो। आईपीयूमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसद्को प्रतिनिधि मण्डल बेलग्रेडमा छ।

सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधि मण्डलका सदस्यहरूले नेपाल भ्रमणका लागि सहभागीलाई निम्ता गर्नुभएको छ। प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरू खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरू देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी रहनुभएको छ।