कलंकी–नौबीसे सडक मर्मत शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। सडक विभागले कलंकी–थानकोट हुँदै नागढुंगा–नौबीसे सडक खण्डको मर्मत थालेको छ। विभागले बुधबार बिहानैबाट मर्मतको काम थालेको हो।
विभागका प्रवक्ता शिव सापकोटाले नियमितरूपमा गर्नुपर्ने मर्मतअन्तर्गत उक्त सडक मर्मत गर्न लागिएको जानकारी दिनुभयो।  ‘सडक मर्मत नियमित प्रक्रिया हो हामी मर्मत गरिरहन्छौं।’–उहाँले भन्नुभयो।

यता ट्राफिक प्रहरी महाशाखाले भने बिहान ९ बजेदेखि कलंकी–थानकोट सडकखण्ड (ढुंगेअड्डा) सम्म र दिउँसो १ बजेदेखि नागढुंगा–नौबीसे सडक खण्डको मर्मत सम्भार गर्न लागिएकाले एकतर्फीरूपमा मात्रै सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।  उक्त समय अवधिभर उक्त सडक खण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।