भोटिङ मेसिन बिग्रिएपछि एनआरएनएको मतदान स्थगित


नयुज अफ नेपाल, काठमाडौं । भोटिङ मेसिन बिग्रिएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान स्थगित भएको छ। बुधबार राति ८ बजे सुरु भएको मतदान मेसिन बिग्रिएपछि स्थगित भएको हो ।

असोज ३० गते (बिहीबार) बिहान १० बजेसम्मका लागि मतदान स्थगित भएको निर्वाचन समितिले सूचना निकालेर जानकारी गराएको छ । सुचनामा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी रहेको बताइएको छ ।

मतदान बिहीबार बिहान १० बजे पुनः सुरु हुने जनाइएको छ।

सूचना