एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बेलुका ५ बजे सुरु हुने भनिएको मतदान ३ घण्टापछि ८ बजेबाट सुरु भएको छ ।

हाल अध्यक्षमा उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन् । मतदाता नामावलीमा विवाद भएपछि मतदाताले ३ घण्टासम्म भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी लगाएका थिए ।

यस्तै मतदान स्थलमा मोबनाइल फोन निषेध गरिएको छ । मतदानमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ । । एनआरएनएको ४२ पदका लागि मतदान हुने छ ।