एनआरएनएको चुनावमा खैलाबैला, प्रतिनिधिको राहदानी मागेपछि निर्वाचन कमिटीविरुद्ध नाराबाजी


न्युज अफ नेपाल, काठमाडौं ।

गैरआवसीय नेपाली संघको निर्वाचनमा निर्वाचन कमिटीले मतदानमा भाग लिनको लागि थुप्रै कागजात मागेपछि निर्वाचन कमिटीविरुद्ध नारा जुलुस गरिएको छ।

निर्वाचन कमिटिले अन्तिम समयमा सूचना जारी गर्दै मतदानमा भाग लिनको लागि डेलिगेटको कार्ड, सम्बन्धित मुलुकमा बसोबास रहेको आधिकारिक कागजजात, भिसासहितको पासपोर्ट र सम्बन्धित मुलुकको नागरिकतासमेत अनिवार्य गरिएपछि नारा जुलुस गरिएको हो।

एनआरएनएका अध्यक्ष भवन भट्ट र पूर्व अध्यक्ष शेष घलेले नाराजुलुसमा उत्रिनेलाई सम्झाएका छन्। तर मतदाताहरूले पासपोर्ट कहाँ खोज्‍नुरु भन्दै सूचना खारेजीको माग गरेका छन्।

अपरान्ह ५ बजेदेखि मतदान प्रकिया सुरु गरिने भनिए पनि अहिलेसम्म मतदान सुरु गरिएको छैन। होटल हायातभित्र रहेका केही प्रतिनिधिले विरोध गरेका छन्।

बाहिर रहेका मतदातालाई थाहा दिएमा कसैले छेक्न नसक्ने भन्दै आक्रोशित मतदाताले निर्वाचन कमिटीलाई धम्की दिएका छन्। त्यस्तै पाँच घण्टा लाइन लाग्‍न बाध्य भएको भन्दै निर्वाचन आयुक्तको विरोध गरेका छन्।