उपनिर्वाचनअघि मन्त्रिपरिषद पुनर्गठन हुँदैन: नेता नेपाल


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्टि पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद पुनर्गठन नहुने बताएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले गर्यो भने उपचुनाव प्रभावित हुन्छ ।’
प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।