प्रवेशमा रोक


टोक्यो, (एजेन्सी)।जापानी प्रधानमन्त्री सिन्जो आवेले मंगलबार आँधिपीडितका लागि स्थापित शिविर सबैका लागि खुला हुनुपर्ने विचार व्यक्त गरेका छन्। दशकौंपछि आएको सबैभन्दा डरलाग्दो यस आँधिबाट पीडित दुई जनालाई शिविरमा प्रवेश नगराइएको भन्ने खबर सार्वजनिक भएपछि आवेको सो प्रतिक्रिया बाहिर आएको हो।

गत सप्ताहान्त २ सय २५ किमि प्रतिघन्टाको वेगमा आएको हागिविस नामक सो समुद्री आँधिका कारण मर्नेको संख्या अहिलेसम्ममा ६६ पुगेको क्योदो समाचार निकायले जनाएको छ। शिविरबाट फर्काइएकाहरूको परिचय भने खुलाइएको छैन।