ट्युनिशियाको राष्ट्रपतिमा स्वतन्त्र उम्मेदवार सैयद निर्वाचित


ट्युनिस । ट्युनिसियामा राष्ट्रपतिका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार काइस सैयद निर्वाचित हुनुभएको छ ।

उहाँले ७२।७१ प्रतिशत प्राप्त गरी विजय भएको ट्युनिशियाको निर्वाचन आयोग ९आइएसआइई०लाई उद्धृत गरी अलजजीराले मङ्गलबार जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा राष्ट्रपतिमा सैयदले २७ लाख मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी नाबिल कारौईले १० लाखको हाराहारीमा मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएको सूचनापछि ६१ बर्षीय सैयदले भन्नुभयो, “ट्युनिसियाली जनताले विश्वलाई क्रान्तिको नयाँ परिभाषा दिएको छ ।”

“जनताले मलाई दिएको विश्वासलाई भ्रष्टाचार विरूद्ध लड्न र विकेन्द्रीकरणलाई प्रोत्साहन गरी ट्युनिशियाको विकासमा लगाउने छु ।”

सैयद कुनै दलसँग आवद्ध हुनुहुन्न र उहाँसँग दलीय राजनीतिको अनुभव छैन तर उहाँको भ्रष्टाचारविरोधी नारालाई ट्युनिशियाली जनताले विश्वास गरेका हुन् । एएनआई