एजेन्सी, पाकिस्तानको खैबर पख्तुनख्वामा सोमवार ५.८ म्याग्निच्युडको भूकम्प आएको त्यहाँको नेसनल सीइस्मिक मोनिटरिङ सेन्टरले जनाएको छ ।
भूकम्पको झड्का पेशावर, मालाकन्द, मर्दान, चारसड्डा लगायतका क्षेत्रमा अनुभव गरिएको थियो ।
भूकम्पमा कोही हताहत भएको खबर छैन । अफगानिस्तानको हिन्दू कुश क्षेत्रमा १५७ किलोमिटरको गहिराइबाट भूकम्प आएको बताइएको छ ।
भूकम्पका कारण ठाउँठाउँमा सडकहरू चिरिएका छन् ।
प्रतिक्रिया