न्युज अफ नेपाल, काठमाडौं ।
साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु १०० रुपैंयाँले घटेको हो ।
आइतबार तोलाको ७० हजार १ सय रुपैंयाँमा कारोबार भएको छापावाल सुनको मुल्य सोमबार घटेर तोलाको ७० हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि तेजावी सुनको मुल्य ६९ हजार ७०० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ प्रतितोला ८४५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।
महासंघले विभिन्न कारणले उपत्यका बाहिर सुनचाँदीको मुल्यमा केहि घटबढ हुनसक्ने पनि जनाएको छ ।
प्रतिक्रिया