ट्रम्प ग्यांगस्टार राष्ट्रपति हुन्

0
Shares

लन्डन, (एजेन्सी)। ओस्कर विजेता तथा जोकर, ट्याक्सी ट्रइवर जस्ता लोकप्रिय फिल्ममा काम गरेका अमेरिकी अभिनेता एवं निर्देशक रोबर्ट डी निरोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ग्यांगस्टरको संज्ञा दिएका छन्। ट्रम्प आफ्नो फाइदाका लागि संस्थानलाई नोक्सान पुर्याइरहेको उनले बताए।

द गार्जियनको कार्यक्रममा निरोले भने– ‘हामीसँग एकजना ग्यांगस्टर राष्ट्रपति छन् , जसले आफूलाई मन लागेको गर्ने सोचेका छन्। यदि उनले यस्तै गरिरहने हो भने हाम्रालागि धेरै समस्या आउनेछन्। जसले उनको पक्ष लिइरहेका छन् उनीहरू झन खतरनाक छन्।’

निरोले आफू ट्रम्पलाई जेल लग्ने प्रतिक्षामा रहेको बताउँदै भने, ‘यो उनीहरूका लागि पनि दूर्भाग्यपूर्ण छ, जो सञ्चार माध्यममा ट्रम्पको आलोचना गरिरहेका हुन्छन्।

ट्रम्प तत्काल जवाफमा हामी तिमीहरूलाई हेर्छौं, भन्ने गरेका छन्। उनले भने –‘म उनको मृत्यु होस् भन्ने चाहँदिन, बरु चाँडो भन्दा चाँडो जेल जाउन् भन्ने चाहेको छु।’