औषधी विवादमा आठ अर्ब डलर क्षतिपुर्ति

0
Shares

वासिंगटन, (एजेन्सी)। अमेरिकी औषधी कम्पनी जोहन्सन एन्ड जोहन्सनलाई आफूलाई दिइएको मानसिक रोग सम्बन्धी ओषधी सेवनको कारण छाती बढ्नसक्ने चेतावनी नदिएको गुनासो गर्ने एकजना पुरुषलाई क्षतिपूर्ति स्वरुप आठ अर्व अमेरिकी डलर भुक्तान गर्न अदालतले आदेश दिएको छ।

फिलाडेल्फियाको अदालतले २६ वर्षीय निकोलस मुर्रे नामक ती व्यक्तिलाई सो क्षतिपूर्ति दिन आदेश दिएको हो। यस राज्यमा यस्ता औषधी सम्बन्धी गैर जिम्मेवारीपूर्ण कार्य विरुद्ध परेको हजारौं उजुरी मध्ये यी एक हुन्।

मुर्रेका वकिलले जे एन्ड जे कम्पनीले स्पिर्डेल नामक औषधीको बजार व्यवस्थापनका लागि खाली नाफामा मात्र ध्यान दिएको दाबी गरेका छन्।

युनिभर्सिर्टी अफ रिकमोनड स्कुल अफ लका प्रोफेसर कार्ल टोवियासले अपिलपछि त्यत्रो ठूलो क्षतिपूर्ति रकम केही हदसम्म घटाइने आशा लिएको बताएका छन्।

रिस्पर्डेलको साइड इफेक्टबारे राम्ररी जानकारी नदिएको विषयमा थुप्रै उजुरी परेका छन्। अमेरिकाको यस ठूलो औषधी कम्पनी विरुद्ध योनी प्रत्यारोपण र वेवी पाउडरमा एस्वेस्टस मिसिएको विषयमा पनि उजुरी परेको छ।