१५ हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिई्रने


न्युज अफ नेपाल काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क सीपमूलक तालिम दिने जनाएको छ ।

बोर्डले यो वर्ष १५ हजार युवालाई १९ प्रकारका तालिम निःशुल्क रुपमा संचालन गर्ने तयारी गरेको हो।

तालिमका लागि बोर्डले यस वर्ष २५ करोड रुपैयाँ विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

तालिम मंसिरदेखि सुरु हुने बताईएको छ । बोर्डले युवालाई ३० दिने सीपमूलक तालिम प्रदान गर्नेछ। तालिममा देशभरीका ईच्छुक इच्छुक युवाहरुले सहभागीता जनाउन सक्ने बोर्डले बताएको छ ।