कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने: देउवासँग ४५ वर्षदेखिको सम्बन्ध छ


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी र नेताहरुबीच आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् आइतवार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसँग लोकतन्त्रको लागि सँगै लडेको स्मरण गर्दै सम्बन्ध राम्रो भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, ‘साढे चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले हाम्रोबीचमा एउटा गहिरो समझदारी र मित्रता कमसेकम लोकतन्त्रको लागि सँगै लड्ने र लोकतन्त्रको मूल्यमान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता छ। त्यसकारण हाम्रो सम्बन्ध राम्रो छ।’

‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ, यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ’ उनले भने ।

प्रधानमन्त्री ओलीले चाडपर्वले सम्बन्ध मजवुत बनाउने भन्दै चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्पराजस्तो बनेको बताएका छन् ।