सीले भ्रमणको निम्तो दिनुभएको छ, म छिट्टै चीन जान्छुः देउवा


न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू छिट्टै चीन भ्रमणमा जाने बताएका छन्।

दसैं, तिहार र छठका अवसरमा कांग्रेसले आइतबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै देउवाले आफूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्रमणको निम्तो दिएको बताए।उनले भने ‘उहाँले निम्तो दिनु भएको छ। म छिट्टै चीन जान्छु ।’
सभापति देउवा र राष्ट्रपति सीबीच शनिबार साँझ एक्लाएक्लै भेटवार्ता भएको थियो।

भेटका क्रममा सीले नेपाल र चीन धेरै पहिलादेखि नै मैत्रीपूर्ण छिमेकी, असल दाजुभाइ र साथी भएको र भविष्यमा स्थायी र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र त्यस्तो सम्बन्धका लागि नेपालमा कुन पार्टी सत्तामा छ भन्ने कुराले खासै अर्थ नराख्ने बताएका थिए। उनले नेपाली कांग्रेससँगको थप सम्बन्ध र सहकार्यका लागि चिनियाँ कम्युनिष्ट पार्टी इच्छुक रहेको पनि देउवासँगको भेटका क्रममा उल्लेख गरेका थिए।

देउवाले नेपालको सार्वभौमसत्ताको रक्षा र विकासका लागि चीनले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । चियापान समारोहमा बोल्दै देउवाले चीनले केरूङ(काठमाडौं जोड्न दुई सुरूङ बनाउने कुरा सकारात्मक भएको र कांग्रेसले त्यसको स्वागत गर्ने बताए।द