काठमाडौँ । चर्चित सर्जक तथा गायक किरणबाबु पुन अव हजुरहरु सबैको दैलोमा प्रबेश गर्नुभएको छ । उहाँको तिहार बिशेष गीत ‘हजुरको दैलोमा’ बजारमा आएको हो ।
मौलिक, कला, संस्कृति र भेषभुषालाई जर्गेना गर्दै आएका गायक तथा सर्जक किरणबाबु पुनको तिहार सम्बन्धि गीतको भिडियो बजारमा सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोलाई शंकरा डिजिटल स्टुडियोले व्यवस्थापन गरेको छ भने जसलाई गायक किरणबाबु पुनको व्यक्तिगत यूट्यूब च्यानल मार्फत बजारमा ल्याइएको छ ।
उक्त गीतमा गायक तथा सर्जक किरण बाबु पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भर्नुभएको छ ।
गीतमा गायक किरणबाबु पुन, तुलसी घर्ती, करिश्मा घर्ती तुलसा पुन (घर्ती) र वीरता पुनको आवाज रहेको छ ।
गीतको भिडियोमा अथार मगरात कलाकार संघको मौलिक भेषभुषा सहितको अभिनय रहेको छ । केशव बडुले एरेन्ज गरेको गीत कुमार सानु पुनले मिक्सिङ गर्नुभएको हो ।
नेपालीका आ आफ्नै सस्कृति र भेषभुषा छन अथार मगरातको सस्कृति र भेषभुषालाई समेटेर तिहारको कोसेली स्वरुप पहिलो पटक देउसी भैलो गीत बजारमा ल्याएको गायक तथा सर्जक पुनले बताउनुभयो ।
भिडियो….
https://www.youtube.com/watch?time_continue=4&v=U1m9BNxSNwU
प्रतिक्रिया