जीप र बस एकापसमा ठोकिँदा चालकको मृत्यु


दमौली । तनहुँमा जीप र बस एकापसमा ठोकिँदा चालकको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीस्थित पृथ्वीराजमार्गमा नवलपरासीबाट पोखरा जाँदै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको जीप र पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किँदा जीप चालक घाइते भएका थिए।

घाइते नवलपरासी सरावल गाउँपालिका-१ का २२ वर्षीय रमेश थारुको उपचारका क्रममा दमौली अस्पतालमा आइतबार बिहान मृत्यु भएको तनहुँका प्रहरीले जनाएको छ । जीपमा चालक मात्र सवार थिए।