नेपाल र चीन द्विपक्षीय उच्चस्तरीय वार्ता सुरु,एक दर्जन सम्झौतामा हस्ताक्षर हुँदै


काठमाडौँ ।नेपाल र चीनको उच्चस्तरीय वार्ता सुरु भएको छ।यस अघि नेपाली काँग्रेसमा सभापती शेर बहादुर देउबासँग राष्ट्रपति सीले भेट गरिसकेकाछन् । त्यस्तै आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनासँग पनि सीको भेटवार्ता गरेका छन्।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् भने चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्दैछन् ।

बैठकमा नेपाल–चीन बहुआयामिक सम्बन्धका सबै पक्षहरूमा छलफल हुनेछ। विगतमा नेपाल र चीनबीच भएका सम्झौता र तीनको कार्यान्वयनका सम्बन्धमा पनि दुई मुलुकका नेताबीच छलफल हुने जनाइएको छ।

बैठकमा केही सम्झौताहरूलाई अन्तिम रूप दिई तीनमा हस्ताक्षरसमेत गरिने कार्यक्रम समेत रहेको छ। बैठकपछि प्रधानमन्त्री ओली र राष्ट्रपति सीको उपस्थितिमा करिब एक दर्जन सम्झौता तथा समझदारीपत्र(एमओयु)मा दुई मुलुकका सम्बन्धित अधिकारीले हस्ताक्षर गर्ने जनाइएको छ।