१४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास


सुभेन्द्र दास,लहान ।सिरहामा एक १४ वर्षीया किशोरी उपर बलात्कारको प्रयास भएको छ ।सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जर्बजस्ती करणीको प्रयास भएको हो ।

साँझ पख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २२ वर्षीय मो। रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

राईनले किशोरीको घरमै पसी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गर्दा किशोरी चिच्चाएपछि स्थानीयहरुले किशोरीलाई उद्धार गरेका थिए । स्थानीयहरुले किशोरीको उद्धारसहित युवकलाई समेत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

घटनापछि राति नै किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परिक्षण गराइएको छ भने रिपोर्ट आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।

बलात्कारको प्रयास गरेका राईनलाई प्रहरी हिरासतमा राखिएको छ ।पीडितले दिएको उजुरीको आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिए ।