१९ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ


काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।

जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताईएको छ ।

पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बौद्ध क्षेत्रमा लामो समयदेखि जुवाखालहरू सञ्चालन हुँदै आइरहेका छन् ।