१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक पक्राउ


न्युज अफ नेपाल, झापा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ बस्ने ४० वर्षीय युवराज बराईली रहेको प्रहरीले जनाएको छ ।

बराईलीले बालिकालाई विभिन्न प्रलोभन एवं धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेको बराईलीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।