राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा ‘गार्ड अफ् अनर’ प्रदान


काठमाडौँ । त्रिभुवन विमानस्थल आइपुग्नुभएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सम्मान गारत (गार्ड अफ् अनर) प्रदान गरेको छ । सी दुईदिने राजकीय भ्रमणका क्रममा शनिबार साँझ काठमाडौँ आइपुग्नुभएको छ । भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ विदेश मन्त्री वाङ यी पनि हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेर सीको स्वागत गर्नुभएको थियो । यसका साथै मन्त्रिपरिषद्का सदस्यसहित सडकमा सरकारी कर्मचारी, खेलाडी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौको सोल्टी क्राउन प्लाजा रात्रिभोजको आयोजना गर्नुभएको छ । यसअघि दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ ।

यस उच्चस्तरीय भ्रमणबाट नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ लिने र विभिन्न सम्झौतामा सहमति हुने जनाइएको छ । राष्ट्रपति सी आइतबार दिउँसो साढे १२ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तस्वीरः उज्जल डंगोल/अनिल आंदेम्बे

 

राष्ट्रपति सी काठमाण्डौको सोल्टी क्राउन प्लाजा जादैं गरेको भिडियो ।।