पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक परिवारलाई राहात प्रदान

0
Shares

यमलाल भुसाल, बुटवल ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा कार्यरत कर्मचारी गणेश अधिकारीको दूर्घटना परि निधन भएकोमा समिति र कर्मचारी युनियनले परिवारलाई राहात रकम प्रदान गरेका छन । समितिले कर्मचारीको मृत्यु हुदाँ राहत स्वरुप १ लाख रुपैयाँ र समितिमा कार्यरत कर्मचारीहरुको संगठन कर्मचारी युनियनले पनि १ लाख रुपैयाँ गरि २ लाख रुपैयाँ प्रदान गरिएको हो ।

शनिवार मृतक अधिकारीको निवाष गोलपार्क मै गएर निजकी आमालाई उक्त राहत रकम प्रदान गरिएको हो । समितिका अध्यक्ष यम प्रसाद पाण्डे र कर्मचारी युनियनका अध्यक्ष शिव केसीले सम्युक्त रुपमा राहत रकम हस्तान्त्ररण गर्नु भएको हो । त्यसै गरि समितिले कर्मचारी , सदस्य व्यवसायी लाई जनही १० लाख रुपैयाँको दूर्घटना विमा गरिदिएको छ । सो विमा रकम प्राप्त भएपछि मृतक अधिकारीको परिवारलाई प्रदान गरिने समितिका महासचिव जित बहादुर भाटले बताउनु भयो ।

सोही समारोहमा मृतक अधिकारीको सम्झनामा १ मिनेट मौन धारण गरि श्रद्धाञ्जली व्यक्त गरिएको कार्यालय प्रमुख वाबुराम अधिकारीले बताउनु भयो ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष प्रताप वहादुर कार्की, उपाध्यक्षहरु खिम बहादुर थापा, डिल्लीराम रिजाल सल्लाहकार खगराज गौतम, काकास कृष्ण ठकुरी ,लक्ष्मण गैरे, नारायण प्रसाद रेग्मी तथा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।